GB.
पृथ्वी5 min read

पृथ्वीमन

पृथ्वीले जसरी धेरै कुरा लुकाएर राखेको छ नि त्यसरी नै हरेक मान्छेले धेरै कुरा लुकाएर राखेको हुन्छ चाहे त्यो राजकुमार होस् चाहे एउटा सडकमा सुत्ने खाते !! भन्छन् संसार मायामा अड्डेको छ रे, खै आफु त साइन्स पढेको मान्छे उत्तर अर्कै हुन्छ !! मलाई लाग्छ यो माया र मान्छे सबै क्षणिक हुन् समयले पाटो फेर्दा सबै थाहा हुन्छ !! सबैले सोच्ने गर्छन् कि आफ्नो जिन्दगी राजकुमार-राजकुमारीको जस्तो होस् रे, तर किन बुझ्दैनन् त्यो त एउटा सुखी पद हो खुसि नहुन पनि त सक्छ !!

म सानो छदाको कुरा हो खै कस्ले हल्ला फिजाईदियो कि घरमा गोबरले स्वोस्तिक चिंह बनाउनु पर्छ नत्र भुत आएर के के माग्छ /गर्छ भनेर भन्थे !! सानोमा को बुद्धि अलिक डर नि लाग्यो अनि दौडिदै घरमा गएर लेख्न थालियो !! त्यो मन पृथ्वी जस्तै थ्यो जस्लाई आफ्नै कुराले आफैलाई डराउन दिइरहेकोथ्यो र लेखिएकोथ्यो त्यही स्वोस्तिक चिन्ह अनि माथि पट्टि “शुभ-लाभ” !! हामीलाई पृथ्बीले जन्मायो, अहिले आफै रुदै छ जसरी हाम्ले भावनाहरु जन्माउछौ !!

पहिलाको कुरा हो हाम्रो पृथ्वी पनि मुस्कुराइदिन्थ्यो हरियो र निलो रुपमा, अहिले पनि मुस्काउछ तर बनाबटी रुपमा जो धेरै कुरा लुकाउनु छ त्यसलाई !! आजकल त रुन पनि छाडीसक्यो… कहिले कहिँ रुन्छ बगाउने गरि… बाढी ल्याइदिंछ… बगाएर लगिदिन्छ…तहस-नहस पारीदिन्छ जुन रुप एउटा परिपक्क मान्छेमा पनि भेट्न सकिन्छ !!

कुनै मान्छे सुखी हुन्छ त कुनै खुसि !! सुखी हुन् धेरै आवश्यकता पुरा गर्नुपर्छ तर खुसि हुन् केहि आवश्यक पर्दैन !! यो मन भन्ने चिज त पृथ्वी भन्दा नि ठुलो हुने रैछ, धेरै थरिको रङ्ग देखाउछ, भावनाहरु खेल्ने रंगशाला, पहाडको खोंच भन्दा ठुलो पिडा र आकाश छुने खुसीको लहराहरू सजिलै अटाइदिन्छ र कहिले काहिँ छल्कियो भने आखाबाट मोतिका छहरा चाहे खुसिमा होस् चाहे दुख !!

हामी खेल भित्र खेल खेलिरहेका छौ, आफ्नो खुट्टामा बन्चरो हानिरहेको छौं, आखा बन्द गरेर हेरिरहेको छौं, यति धेरै अताली दिन्छ मन र मान्छे थाल खाउँ कि भात खाउँ सोच्न पनि सक्दैनन् !! मान्छे यहा हातको सिरानीमा निदाइदिन्छ दरबार नै किन चाहियो?? जसरी पृथ्बीमा फरक फरक ठाउको फरक विविधता पाइन्छ नि त्यसरी नै यहा मान्छे सानो सानो कुरामा रुने देखि लिएर ठुला ठुला समस्याको समाधान हासी हासी गर्ने विविधता पाइन्छ !! एउटा मजबुत संसार भित्र क्षणिक संसारहरु बनाउं जहाँ तिमी घुम्ने गर जसरी सुखी मानिस जलबायु परिबर्तन छल्न घुमीरहनछन्, ति संसार बनाउन तिमीलाई खुसीहरू जम्मा गर्न मात्र पर्छ, सकेसम्म दुखित क्षेत्र नबनाऊ, हेर्दै खुसि लाग्ने खाल्को बनाउ जसरी पृथ्बी चन्द्रमालाइ हेरेर हास्छ, आफ्नै छाया बनेर घुमिरन्छ, आफ्नै अक्षमा !!