GB.
20195 min read

सिसा जस्तै

सबै बुझ्छस्, बिरालोको नाक चिसो, मलाई पाई पर्ने बाटोको उल्टो पट्टी उस्को बस स्टप, झोलाको त्यान्द्रो छोपेर अगाडि पछाडि, त्यो भीड! हुरुक्क हुने त्यो मन, काठमाडौँको धुलो, संसद बिघटन, आकासे पुलको 2 मिनेटको भेट, तिन ओटा कुरा, टुँडिखेल वरिपरी को हिँडाई, हामी best रे, हासो अनि गाली, तछाड मछाड, त-त र म-म, केही नयाँ unexpected moments, कहिले आशु, हैट!तिमी त्यता म यता ज्यान त टाढा छ, बिरानो न सम्झ माया गाढा छ गीत जस्तै भको बेला बिजुली चम्केको, चट्याङ सँगै हावा हुरीबतास, समुन्द्रादेवी छचलकिदा तप-तप वर्षा, रूखो बोली, मनका भावना, र पुतली बम ड्याम्म पड्किदा बिस्तारै च्यात्न लागेको गोलो रोटी, त्यो रोटीको टुक्रा महमा डुबाउ कि तरकालीमा, दुविधामा मन र उस्को oieee वाला message!

अगाडिका दुई बाटा, बीचको सानो गल्ली, मेरो झर्किलो स्वर, हाम्रो मन-मुटाव, साह्रै मीठो याद, मनको त्यो लड्डु, भाइ फुटे गवार लुटे, इसारा अनि चियामा डुबेको बिस्कुट र हाम्रा झुट,सहयोग, साटेका भावना, अनि बाहाना.. तिम्रो लागि गरेको मेहेनत, हाम्रो भाग्य, दुई बाट एक घट्दा जिरो, कलमको मसी, त्यो चरी त्यहाँ बाट फुत्त खसी, सुन्न चाहेका शब्द, मेरो hajuuuuur वाला reply,

नपुगेको माया, उत्सुकता, grunge पाइन्ट, दुई कप कफी, 50 रूप्पे, पशुपति नाथ की जय, गुलाबको काडा, ऐसलुको फूल, बर पिपलको बीचमा मन्दिर, फूल बुट्टे सारी, सपक्क पारी, आफै मुस्काउ मुसुक्कै, ल ल सुरु गरम?हाम्रो घरको कुकुर, उ त्यो सेतो सेतो ढुकुर, नयाँ संविधान, अपूरो gift, जिरो बाट शून्य, केहि नि बुझ्दैनस्!!