GB.
quarantine5 min read

स्वाहा

बिष्णुको लागी स्वाहा भन्नु भनेको नै आगोमा जौ-तिल-घिउको मिश्रण हवन गर्नु हो। जब त्यो बतासको भोक मेटाउने झोक, बर्षाको पहरा चर्काउने लहरा, सुनको गाग्रीमा पित्तलको लेपन, मनमा मायाका शंकास्पद अस्थिपञ्जर, डरैडरको खोलामा ढुँगा जस्तो बुद्दिमा हिराको खियालाई खुसिले पखाली फ्याल्दा चम्किएको धागो जस्ता किरणले स्पर्श गर्दा बिहानी भएको अनुभब हुन्छ नि त्यहि बेला त्यो अनुभवी बिहानीले झ्यालबाट चिहाउदै ओइ भनेर बोलाउदा सपनाको संसारमा घुमिरहेका बादलका डल्लाहरू नजिकैको पहाडमा ठोकिएर खुसि बर्षा गराई उद्घाटन गरिदिन्छ!

त्यहि बिहानीले भनिरहेको छ बिश्व युद्दहरुले इतिहास भरिएको छ, जुन आपसका बदला थिए, विजय त्यो थिएन। एका-बिहानै उठ्छु, बिश्व युद्द जिते जस्तो, म प्राय जसो भ्रममै हुन्छु, त्यो जित थिएन, जित्नलाई त प्रकृतिलाई शान्त पार्नु पर्छ रे जस्को पछाडी जन्म-मृत्युको बन्धन हुदैन। मलाई थाहा थियो कि भ्रम बिकारहरुको उद्गम स्थल हो। मुलत: कसैको संसारिक प्रशंसा बन्नु नै मेरो भ्रम थियो। थाहा थियो आशंकामा परेरै मान्छेले बिषाद कार्य गर्ने गर्दछ।

मायाका जीवन्त उदाहरणहरु देखेकै छौँ, मायाले अनेक बिघ्न गर्छ, सुस्त देखि तन्दरुस्त सम्म बनाउछ। मायाले 4GB क्षमताको मोबाइलमा 64GBको दुख पनि दिन्छ, चल्दैन, सोच्छौं सबै बिग्रियो। यो शरीरको जन्मको कारण पनि इच्क्षा नै हो। इच्क्षा नै माया हो र इच्क्षा नै संसारको उत्पत्तिको कारण पनि। फेरी भ्रम समाप्त भयो भने अविद्या पनि त अस्तित्वबिहिन हुन्छ नि र इच्क्षा समाप्त। भावमा त्यो क्षमता छ कि भगवानलाई पनि आफ्नो वसमा राख्न सक्दछ। अलिकति त्रुटी देखियो भने भाव विचलित हुन्छ, प्रवृति विचलित हुन्छ र इस्ट सँगको सम्बन्ध विच्छेद हुन्छ। भावको उद्गम र निवास हृदय हो। मेरो भाव र लगाव केटाकेटीमा थियो, भावमा नै प्रेम निहित हुन्छ, भाव महान बलवान हुन्छ तर प्रेम-संचारको माध्यमबाट। कहिलेकाही त सोच्छु मेरो र मसंग प्रेम भएको मान्छेहरु हास्दा मलाई मोबाइलमा जस्तै Notification आओस्।

भय प्रवृतिमा हुन्छ, संसारमा प्रवृति भरावटि र घोर-अन्धकारको छाया हो। जस्तै म धेरै डराउछु, मन आकाश जस्तै सुनसान छ, तारा जति अनगिन्ति सपनाहरु। कहिले-कहिँ त लाग्छ त्यो फेसबुकमा आउने मनकामना वाला मेसेज नि शेयर गरूँ। जब यो मन डर-मुक्त हुनेछ, तब मेरो पहुच टाढा-टाढासम्म हुनेछ । मन त हो, आकाशमा उड्ने, तर पनि कहिलेकाही सडक र गल्लिमै खुसि भेटिदिन्छ, जित्नुको भन्दा हार्नुको पिडा मिठो हुन्छ। सागर जत्तिकै ठुलो मन सानातिना नमिठा कुराहरुले बिथोलिदिन पनि त भएन नि। स्वार्थी त भगवान पनि त छन् नि, आफु अमर भएर हाम्लाई मर्नु पर्छ रे। हेर्नुस्, समय जति सुकै खराब किन नहोस् फुल सुकेर कहिल्यै पात हुदैन। त्यसैले धेरै नडराउनु रे।

सबैलाई थाहा छ हात कार्य-क्षेत्रको प्रतिक हो। जो जीवन-यापनको लागि अनिती अपनाउछ, त्यसलाई अज्ञानी पनि भनिन्छ रे। जबजब मनको नियम उन्नत हुन्छ असुभ समाप्ति हुदै जानेछ, शुभ घोषित हुदै जानेछ। भन्छन धन त बाहिरी सम्पति हो, जसबाट शरीर-निर्बाहको व्यवस्था हुन्छ, आत्मासंग यस्को कुनै सम्बन्ध छैन, यसबाट अलग स्थिर सम्पति नै आफ्नो सम्पति हो। फेरी मोह रहेसम्म परिवार छ, संसार छ, मोह छैन त केहि छैन। यदि अज्ञान र मोह छैन भने आफन्तको अस्तित्व छैन।

जहाँसम्म मेरो नाता छ त्यति नै मेरो संसार हो। मेरो मनको प्रसार नै संसार हो। यसै गरी बिष्णुको स्वाह जस्तै हाम्रो मन पनि भ्रम, माया, भाव, मोह, इच्क्षा, क्रोध आदिको मिश्रणले कुनै दिन स्वाह हुनेछ।