द लास्ट ट्रीप
यो कथा होइन, एउटा कुराकानी हो जब म सबै काम सकाएर ब्यांगलोरबाट गोरखपुर रेलमा घर फर्किदै थिएँ !! ट्रेन बिहान ७:३५ को थियो, म ७ बजे नै स्टेसन पुगेर आफ्नो (साइड अप्पर) सिटमा बसिरहेको थिएँ !! आफुसंग आउने साथीहरु कोहि थिएनन्, एक्लै नै थिएँ !! मनमा लाग्दै थ्यो कि कोहि कुरा गर्ने साथी पाए सजिलो हुन्थ्यो भनेर !!
केहिछिनमा एउटा परिवार आयो… सोचे …कुन चै इन्डियन परिवार पर्यो, हल्ला गर्ने भए भनेर !! एकछिनमा कुरा गरेको सुनेको त नेपाली पो बोलिरको… अचम्म परें, खुसि भएँ तर त्यति बेला केहि बोलेन !! जब ट्रेन हिड्ने समय आयो, सबै जना उठेर बाहिर गए, फर्किदा त एउटा दिदी मात्र फर्किनु भयो, बस्नु भयो र परिवारलाइ बाइ-बाइ गर्नुभो !! हिड्न लाग्दा लाग्दै एउटा इन्डियन भाइ पनि आयो र हाम्रो कोचमा बस्यो तर त्यो भाइ बोलेन !! ट्रेनले हर्न बजाउदै निस्कियो !!
१०-११ बजे सम्म त कोहि केहि पनि बोलेको थिएनन् !! अब म चै यस्सो बाहिर तिर गएर आएर यता उता हेर्दै थिएँ अनि दिदीले मुस्काउदै भन्नुभयो “You can sit here!!” अनि मैले “Okay”!! अनि बसिसकेपछि, हेर्दा २५-२६ बर्षको देखिने हुनाले दिदी भनेर सम्बोधन गरि सोधे “दिदी कहाँ हो तपाइको घर नेपालमा?”, दिदी अचम्म मान्दै “ ए , भाइ नेपाली पो हो, थाहा नै पाएन… तर हेर्दा त लाग्दै थ्यो… म चै काठमाडौँ जाने हो तर गोरखपुरमा काम छ एक दिनको अनि जाने हो काठमाडौँ”, मैले “ए” भनी मुस्काएं मात्र !! दिदी: अनि भाई, तिम्रो घर चै कता? मैले भने “ मेरो चै अर्घाखाँची हो !!”
म त्यो दिदीलाई देख्न बित्तिकै आफ्नो जस्तो लागेको थियो, त्यो दिदी ठ्याक्कै मेरो प्रतिक्षा दिदी जस्तो… बोल्ने तरिका, हास्ने तरिका, लबाई/खबाई, हाइट, कपाल, मुख मात्र हल्का फरक !! अनि मैले त भनिपो हालेछु “दिदी, तपाई त कस्तो मेरो दिदी जस्तो हुनुन्छ”!! हास्दै भनिन “हो र ?”, मैले “उम्” भने !!
त्यसपछि दिदीले Lays निकाल्दै भन्नु भो, “भाइ, ल चिप्स खाम…”
म: ल, ए…म संग कोक छ !!(भन्दै निकालें)
दिदी: ए, ल झन ठिक भयो !!(भन्दै हामी नास्ता खान बसियो र कुराकानी बढ्दै गयो)
म: अनि दिदीले के गर्नुहुन्छ नि ?
दिदी: म नर्स हो, ब्यान्गलोरमा काम गर्छु, अनि तिमी ?
म: भर्खर इन्जिनियरको पढाई सक्काएर फर्किदै छु !!
अनि सामान्य कुरा चलिरको थियो हामी बीच, नास्ता खाएर सकियो अनि बाहिर राम्रा सीनहरु हेर्दै मोबाइल चलाउदै बसेको थियौं !! अनि मैले मेरो दिदीको फोटो पनि देखाउन भ्याएँ !! अनि प्रतिक्षा दिदीको बारेमा पनि सोध्नु भो !!
म: बिहान तपाइलाई छोड्न आउनुभएको बाबा/मम्मी हुनुन्छ?
दिदी: (मुखको रौनक परिबर्तन गर्दै) बाबा-मम्मी त होइन तर बाबा-मम्मी नै हो !!
म: (अचम्म पर्दै) भन्नाले ?
दिदी: मेरो बाबा/मम्मी हुनुहुन्न, उहा अंकल-अँटिले मलाई पाल्नु भयो, यहा सम्म पुर्याउनु भो, त्यहि हो…सानैमा छोडेर जानु भयो… (नरोकिदै) बस दुर्घटना हुदा जानु भयो !!
म: ए, सरी दिदी
दिदी: सरी भन्नु पर्ने कुरै छैन त भाइ, दैबको खेला हो (भन्दै मुस्काउनु भयो)
केहि बेर मौन बस्यौ!!
म: दिदीको नाम चै के हो?
दिदी: प्रमिता, तिम्रो?
म: म गौरब !!
दिदी: राम्रो नाम रैछ, मेरो अंकलको छोराको नाम नि तिम्रो जस्तै छ !!
म: तपाइको नि छ त राम्रो, मेरो जस्तै अरे, गौरब हो?
दिदी: (हास्दै) सौरव !!
हा हा हा (दुवै जना हास्यौं)
कुनै स्टेसनमा रोकेको थियो, मैले Rail-WiFi कनेक्ट गरेर Instagram खोलेर जोक्स पढ्दै थिएँ,
दिदी: के भो, एक्लै हास्ने?
म: जोक्स पढेर हो (फोटो देखाएँ)
दिदी: (हास्नु भयो र भन्नु भो) कस्तो उत्पट्याग कसरी सोच्दा हुन् के !!
अनि मेरो मोबाइलमा भको सबै जोक्स पढ्न लगाए, संगै पढ्यौ, हास्नु भयो… केहि जोक्स जुनमा अलिक धेरै नै सम्झी सम्झी हास्नु भको थियो!!
“केटा: गीत, तिम्रो मम्मीले के गर्नुहुन्छ?
केटी: उम्,मेरो मम्मीले गाली गर्नुहुन्छ !!”
“मेरो लब परेको छ रे
मलाई अन्टिले भन्नुभाको”
“एउटा gf भए पो बाइक किन्नु,
१०-१२ जना छन्, माइक्रो नकिनी हुन्न”
“निश्चल: हैन दाई, कति एक्लै बस्छौ? एउटा gf त बनाउ!!
दयाहंग: बिग्रेको हो र बनाउनलाइ!!”
“केटी: थाहा छ, मलाई दारी पालेको मन पर्छ,
केटा: उसो भए पाले भैगो नि !!”
“युवाले देश चलाउन पर्छ रे…
अनि facebook, Instagram चै तिन्का बाले चलाइदिन्छ्न”
“रक्सीको भट्टीतिर आकर्षण गर्ने बललाई
दारुत्वकर्षण बल भनिन्छ!!-न्युटनको ठुलो दाइ”
“Girl: Do you drink occasionally or regularly?
Boy: Occasionally but Occasions comes regularly.”
यस्तै रमाइलो गर्दै त्यो दिन बित्यो…अनि खाना खाएर आफ्नो आफ्नो सिटमा गएर सुत्यौ !! अर्को दिन बिहान १० बजेमात्रै मेरो आखा खुल्यो, एकछिन उही बसिरहे अनि “चाय…चाय” भन्दै आए पछि दिदीले म तिर हेर्दै “चिया खान्छौ त” भन्नु भयो, मैले हुन्छ भन्दै म संग भएका कुकिज लिएर झरे, अनि बाथरूम गएर फ्रेस भएर आएर चिया खायौं !!
दिदी: हिजोको दिन त पत्तै नपाई गयो जोक्स पढ्दा, आज के गरि कटाउने हो, हाम्रा कुरा पनि सक्किए !!
म: अ है, के गरी पो काट्ने होला…चक्कु पनि ल्याइयन!!
दिदी: (हास्दै) अब (फेरी मज्जाले हास्दै) तिमी नै सुरु गर्न लाग्यौ त !!
म: हाहा !!
कुरा त आज नि गरियो तर मेरो रिप्लाई सुनेर त्यो दिदीलाई चै खुप हँसाए… धेरै हास्नु भयो!! रमाइलो कुरा त ‘त्यो दिदी जोक्स भनेको केहि समयसम्म हासीराख्नु हुन्थ्यो, कति पटक त आखा बाट आशु नै आउथ्यो… भाइ अब नहसाउ भन्नु हुन्थ्यो…’ मैले भने ‘तपाई नहास्नुस… आफु हास्नु हुन्छ, मलाई दोष’ भन्थें!! मेरो लागी त त्यो यात्रा सामान्य नै लाग्यो तर त्यो दिदी हासेको धेरै यादकार भयो !! गोरखपुर पुग्ने समयमा भन्दै हुनुहुन्थ्यो “ भाइ, म अहिलेसम्म यति धेरै कहिल्लै हासेको थिएन, मैले तिम्लाई सधै याद गर्ने छु, यो यात्रा सधै सधै याद हुनेछ…तिमी साच्चिकै रमाइलो रहेछौ …यात्रामा साथ दियौ…धेरै धेरै धन्यवाद” !! मैले फर्काएँ “लौ, के को धन्यवाद नि, मलाई पनि त साथ दिनु भयो… मलाई पनि याद हुने छ तपाइको त्यो हासो लाग्दो हासो र जोक भनेको १० मिनेट पछि पनि २-३ पटक सम्झी सम्झी हास्ने बानी ” !! दिदीले भन्नु भो “भो भो बिल्ला नगर अब धेरै” !!
अनि हाम्रो यात्रा लगभग टुंगियो, हामी गोरखपुर आइसकेयौ !! सोध्दै हुनुहुन्थ्यो तिम्रो नाम फेसबुकमा गौरव नै छ नि भनेर, अ, गौरव मात्र छ भने !! हामी स्टेसनको बाहिर सम्म संगै आयौँ अनि दिदी होटेल तर्फ लाग्नु भो भने म घर आउन गाडी तर्फ !!