त्यो सपना
एउटा घटना
म एउटा काम गर्ने मान्छे तर अब्सोस त्यो काम के थियो मलाई थाहा छैन/थिएन॥
म अफिस मै थें त्यतिबेला, एक्कासी मेरो मोबाइलको घन्टी बज्यो, एस्सो हेरे private नम्बर देखे अनि हल्का बिजी भएकाले care गरिन, तर फेरी बज्यो \ अब मैले त्यो फोन उठाएँ अनि कसैले सोध्यो कि “तपाई ‘फलानो’को साथी हो??” मैले हो भने \ अनि म: के भयो र,हजुर को बोल्नुभएको? उ: म ‘यो’ हस्पिटलबाट बोलेको, तपाइको साथीलाई भर्ना गरिएको छ, हजुर चाडै आउनुस है भनेर फोन राख्यो, अनि म जानै आटेको थें अनि फेरी मेसेज आयो \ मेसेजमा हस्पिटलको नाम र बेडको नम्बर थियो \ मलाई डर लाग्न थाल्यो,मेरो दिमागले केहि काम नै गर्न छाड्यो \ अनि सिदा अफिसबाट बिदा लिएर हिडे \ जब मैले बाइक स्टार्ट गरेर हिडे हस्पिटलको लागि,त्यति बेला थाहा भयो कि म काठमाडौँमा छु \ अनि एक्कासी मेरो दिमागमा नया कुरा आयो \
काठमाडौँको बाटो त्यसमाथि कलेज छुट्टी हुने बेला, कलंकीको बाटो, कलेज कुन थाहा छैन \ मैले मेरो एउटा साथीलाई कलेजबाट निस्कदै गरेको देखेको थिए तर बोलाउने कोसिश गरिन किनकि मेरो आखामा आशु थियो, मेरो आखा रातो भैसकेको हेल्मेटको सिसामा अलि अलि देखिएको थियो \
एक्कासी मेरो बाइकले एक जना student (त्यहि कलेजको)लाइ ठक्कर दिन पुगे \ अब त झन् मेरो होस्-हवास सबै उड्यो त्यसमाथि उ एउटा केटि थियो, उ केहि बोलिन तर उस्का साथीहरुले मलाई गर्ने भरि गालि गरे \ बास्तबमा गल्ति उसकै थियो, म एकतर्फी रोडमा अनि अलिक स्पीडमा बाइक चलाको थें\ मैले हेल्मेट नखोली भित्रै बाट “प्लिज, मेरो गल्ति छैन, उस्लाई हस्पिटल लैजानुस” भने तर कस्ले के सुन्थ्यो र!!! अनि मैले मेरै बाइकमा पछाडी राखेर नजिकैको हस्पिटलमा लगे जुन म जानै पर्ने हस्पिटल थियो \ उस्को साथीलाई भर्ना गर्दै गर ल भनेर मेरो साथीलाई भेट्न गएँ\ तर मेरो साथीलाइ भेटिन अनि पहिला आएको नम्बरमा कल गरे, “माफ गर्नु होला तपाइले गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ, कृपया केहि समय पछी पुन प्रयास गर्नुहोला…. Sorry, the number you have dialed is currently switched off, please try again later…” अनि साथीकै नम्बरमा गर्छु भनेको त मोबाइलमा उसको नम्बर नै भेटिन र तनाब सुरु भयो \ खै के भको हो थाहा नै भएन र उस संग कुरा गर्ने कुनै माध्यम नै थिएन \
अनि मैले लिएर आको बिरामी संग गए, मेरो आखा रातो देखेर उस्को साथी र उस्ले सोधी “के भयो,किन रुनु भको ?” मैले केहि बोलिन, मौनसंग बसे अनि धेरै सोधेपछि म:“हैन केहि भएको छैन हल्काफुल्का हो,, अनि तिमीलाई कस्तो छ, के रिपोर्ट आयो ??” उ: “हल्का मात्रै छ रे, ठिक भैहाल्छ नि, चिन्ता लिनु पर्ने अवस्था छैन रे” भने पछि म हल्का ढुक्क भए !! ल ठिक छ नि त भने !! मुसुक्क हासी, त्यो हस्पिटलको बेडमा cute देखिएकी थिइन्, म पनि हासें !!म: “ल,जाउँ न त अब,म तिम्रो घर सम्म छोड्दिन्छु” उ: “नाइँ एक दिन यहा नै रेस्ट गर्ने रे,डाक्टरले भन्नुभको” म: “हो र….अनि तिमि संग को बस्छ यहा?” उ: “तपाई नि, तपाइले बाइकले हान्नु भको हैन, तपाई नै बस्नुपर्ने त होला नि, मेरो बाबा मम्मी नि काठमाडौँमा हुनुहुन्न”, अब चाही मलाई तनावग्रस्त भएको अनुभब भयो !! …….., बसिरहे, कानमा एयरफोन थियो, आखा हल्का बन्द, फोन आयो र उठाएँ, ”हेलो, नानी सन्चै छौ” म झसन्न भए, मोबाइल हेरेको त उसको पो रैछ, उ पनि निदाकी रैछे, कोहि नबोले पछि फोन उतै बाट काटे !!
रातको ९ बजिसक्यो, उ ऐया ऐया भन्दै उठि\ म चाही झुलीरहेको थिए,अनि उस्को त्यो मधुर मुस्कान दिएर भनिन् “तपाईको घर कहाँ हो?” यही नजिकै हो भने!! उ:“ल ल तपाई जानुस्,भोलि बिहान लिन आउनुस् है” भने पछि म आफो रुममा गए !!
अर्को दिन सनिबार थियो, बिहानै उठेर एताउता गर्दा ९ बजेको थियो, अनि हस्पिटल गए \ उस्को साथी आएकि रहिनछिन् र सोधे “साथी खै?” उ नआउने रे तपाई घरसम्म पुराइदिनुन है भने पछि मैले नाइँ भन्ने कुरा पनि आएन र “हुन्छ नि” भने !! १० बजे डिस्चार्ज भयो, सबै बिल बुजाइदिनु पर्यो र बाइकमा उस्को घरसम्म पुराइदिए \ उस्ले भनि “आज कुनै काम छ तपाइको?” मैले “त्यस्तो छैन” भने \ उस्ले “ए…चिया खाएर जानु होला, रेन्ट रुम हो, एक्छिम बसेर जानु होला” भनेर कहर गर्न थाले पछि “हुन्छ” भने ||
उ अहिले चिया पकाउदै छे, मैले उसको रुमको अबलोकन गर्दै बल्ल सोधे कि तिम्रो नाम के हो? कहाँ बाट पढ्न आएकी होउ?? अनि बल्ल हाम्रो कुराकानी सुरु हुन थाल्यो !!
उ: (खितित्त हास्दै) कति छिटो सोध्नु भको? अजै भोलि पर्सि तिर भको भए राम्रो हुन्थ्यो नि, (मुस्कानसंगै) त्यहि पनि भंदिहालम, मेरो नाम ‘संस्कृती’, अनि हजुरको??
म: (हास्दै) भोलि पर्सि भेट हुन्छ भन्ने कहाँ लेखेको छ र, त्यहि भएर अहिले सोदेको नि, मेरो नाम चै ‘गौरब’, अनि तिमी कहाँबाट आको यहा?
उ: अर्घाखाँची भन्ने थाह छ??
म: उम् थाहा छ!!
उ: त्यहि हो, अनि हजुरको??
म: (हास्दै) जिल्लाको नाम भनम कि सबै ठेगाना??
उ: जे मन लाग्छ…
म: भगवती गा.वि.स.,वार्ड नं.१, अर्घाखाँची !!
(यति बेला उस्को मुहार हेर्न लाएक थियो, म चै केहि नजानेको जस्तो गरि बस्या थें)
उ: ल एकै तिर नै रैछ त….(एक्छिम बिश्राम लिदै)…मलाई लाग्दैथ्यो कि तपाई अर्घाखाँची,गुल्मीको मान्छे भनेर, बोलीचालीले गर्दा…!!
म: अनि तिम्रो अर्घाखाँची कता तिर पर्छ??
उ: मेरो सन्धिखर्क नै हो ||
(केहि बेर हामी आफ्नो परिचय दिन लाग्यौं)
(चिया खाएर सकाएं)
म: इह, अनि म जान्छु है अब, कपडाहरु सफा गर्नु छ !!
उ: किन आत्तिनु भको, खाना खाएर जानुस् न त अब, तरकाली पनि छ,उत्तिबेलई हुन्छ नि कि बाहिर खानुन्छ??
म: (उठ्दै) भयो कति दुख गर्छौ,
उ: कि गलफ्रेन्ड भेट्न हो हम् हम्
म: गलफ्रेन्ड (हाहाहा) छैन, म जान्छु है अब….
उ: तपाइको नम्बर दिनुन, कहिले कहिँ एसो भेटघाट गरम्ला नि
म: (मुस्कानसंगै) मलाई लाग्दैन कि हामी फेरी भेट हुन्छौं
उ: तै पनि दिने भए दिनुस् केरे
म: ल ल ९८******** , misscall हानत!!
(फोन लगाई)
उ: ल ल, आफ्नो care गर्नुहोला, वाई वाई!!
म: you too, ब-वाई !!
(केहि दिन पछि सनिबारको दिन फोन आयो उस्को)
(hello, hi, के छ, कस्तो छ कुराकानी पछि आज खाना खान आउनुस् न भनिन्, तर मैले सिधै नकारे “म बुटवल छु, खाना खान म त्यहाँ आउँ?” भने पछि एः ल ल, एसो तपाइले कल गरेर आए पनि त हुन्छ नि काठमाडौँ आएपछि, होइन?)
म: हुन त हुन्थ्यो कि चिनजान कम भएकाले गर्दा त्यस्तरी जानु पनि त भएन नि!!
उ: हाम्रो चिनजान अजै भको छैन है?? ठिकै छ नि …..अलि अलि गफगाफ गर्दै कुरा सकियो त्यो दिनको लागि !!!
त्यसपछि उस्ले मलाई दिनहु फोन गर्न लागि, मैले त्यस्तो care नै गर्दैनथे तर पनि जबर्जस्ति कुरा गर्थे र यो प्रक्रिया करिब १ महिना चल्यो, फेसबुक,भाइबरमा पनि कुरा हुन्थ्यो !!
एक दिनको कुरा हो, म मेरो साथीसंग लगभग ३० मिनेट जति कुरा गरे पछि फोन आयो,, आफ्नो कथा nonstop भन्न थाली “कति बिजी के…आफु भने मायाले फोन गर्यो उ भने मलाई बाल नै नदिनी के…”….के के हो के के…..
म: आखिर तिम्ले भन्न खोज्या चाइ के हो, सिदै भन
उ: म तपाइलाई माया गर्छु
म: तर म चाइ गर्दिन…थाहा पाई राख….मैले तिम्लाई साथीको रुपले मात्र हेरेको थे, अरु केहि होइन…साथी मै ठिक छौ भने कुरा गर्न सक्छेउ तर प्रेमी नबन !!
उ: कस्तो कुरा गर्या?? हामी भेटेर कुरा गरम न…
(उ त रुन पो थाली)
म: नाइँ अब तिमि आफै रोज साथी कि प्रेमी?
उ: प्रेमी
म: ल अब कहिल्लै पनि कुरा गरिन्न हामी….Good Bye!!
(केहि नसुनी फोन काटिदिए)
धेरै पटक फोन आयो, अरु नम्बर बाट नि आउथ्यो, उ हो भन्ने थाहा पाए पछि काटिदिन्थे
मेसेज नि आउथ्यो तर रिप्लाई कहिल्लै गरिन !!
अहिले उ शान्त छे फोन आउदैन, मेसेज आउदैन …म त सधै जस्तो थें उस्तै छु !!
अनि फेरी कसैको एक्कासी फोन आयो,मोबाइलको ring sound ठुलो भएको रैछ, आत्तिए अनि जुरुक्क उठें !!
!!!!!!!!!!!!!!!!!!!! अनि सोचे “क्या खतरा सपना, real नै जस्तो फील भैदेको” एक चोटी मोबाइल पनि हेरे अनि झ्यालबाट बाट बाहिर हेरे “के को काठमाडौँ हुन्थ्यो, उही Banglore नै पो रहेछु”