उस्को अंश
……तप् तप् छाताबाट झरेको पानीको थोपा, साझको बेला, काठमाडौंको सानो भत्केको बाटो, सिम्सिमे पानी, एउटा हातमा छाता, अर्कोमा मोबाईल अनि ब्याग बोकेर, यो पानीको थोपा र गाडीको लाईटको कम्बिनेशनमा फोटो कस्तो राम्रो आउथ्यो होला है भन्दै मन्मनै सोच्दै… थकित अवस्थामा पनि अलि अलि बोल्दै… “के गर्दै छौ नि?” “भात पकाउदै”… यत्तिकै एउटा स्कुटीले मेरो हातमा छुन्छ, मोबाईल भुइमा खस्छ, त्यो सानो सानो उस्को आवज ‘हेलो हेलो हेलो… के भो ?’,मोबाईल हिलो भएकोले गर्दा कानमा नछोई भने ‘केइ भाछैन … मैले पछी फोन गर्छु है … मोबाईलको स्क्रीन फुट्यो भुइमा झरेर…Bye, ‘Bye’ !! अनि मोबाईल लाई हल्काफुल्का सफा गरेर ब्यागको पछिल्लो गोजीमा राखे….!!
पानी परिराको हुनाले साना साना छिटाले मेरो पाइन्ट फोहोर भैसक्याथ्यो, त्यहि पनि अलिक पिचबाटो म पुगे पछी हल्का टकटकाएर सानो सानो तर छिटो छिटो पाइला सार्दै गन्तब्य तिर हिड्दै गर्दा पनि उस्कै याद आइरहेको थ्यो, सोच्दै थिए: मैले अगि फोटो किन खिचेन, त्यस्तो राम्रो देख्याथ्यो? अनि सोचे: ए, आजकल फोटोग्राफी मेरो मन पर्ने चिज भन्दा उ प्यारि भकी छे, तर उ दुखी छे, मैले टाईम मिलाउदा उ खुशी हुन्छे नि भन्दै पनि म नरुजी किनै रोमान्टिक भैदिरा !!
यत्तिकैमा माईक्रो बस आयो, अब यती बाटो माईक्रोमा कोच्चिएर जानु भन्दा होस हिडेरै जान्छु, नरुज्नु थियो रुझी हालियो भनेर पैदल नै कोठा सम्म पुगे !!
रूम म पुगे पछी, मोबाईल लाई सफा गरी फेरी फोन गरे, उस्को दाई ले उठाउँनु भयो, म एक्कासी अक्क न बक्क भए अनि फोन काटीदिए… पछी फोन गरेर जिस्किदै भन्दै थिई, तिम्ले म संग कुरा गर्न छाड्यौ भने खै कुन नदीमा गएर मर्ने हो भनेर !!
अहिले पनि सोच्दै छु कि किन त्यती राम्रो scene को पनि फोटो लिगेन भनेर, ऐले न उ छे, न त्यो फोटो, न त फोटोग्राफीमा त्यत्तिको इन्ट्रेस्ट, छ त खाली उस्को याद्, आखाको अघि त्यो राम्रो scene र क्वालिटी बिग्रेको मोबाईलको क्यामेरा !! यदि पेन्टिङ गर्न जान्याभए, उस्को फोटो र त्यो मन परेको त्यो scene को पेन्टिङ बनाएर भित्तामा सझाउथे त्यो पनि सबैले देख्ने गरी….